अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति पर्छ ?

विदुर खबर २०८२ माघ ११ गते १६:४६

नुवाकोट । अण्डाको माग उच्च हुँदै जाँदा बजारमा यसको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

Advertisement

नेपाल लेयर्स कुखुरापालक संघले आज (माघ ११) गतेदेखि लागु हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो।

संघका अनुसार अब ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटा) ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यससँगै ठूलो अण्डाको मूल्यमा ३० रुपैयाँको वृद्धि भएको छ।

Advertisement

त्यस्तै, मझौला अण्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ तोकिएको छ। यसअघि मझौला अण्डा प्रतिक्रेट ४४५ रुपैयाँमा बिक्री भइरहेको थियो।

यसअघि गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेट ५५० रुपैयाँमा बिक्री भएको थियो।

Advertisement

संघका अनुसार देशमा निर्वाचनको माहोल बन्नु, निर्वाचनका कारण सीमा क्षेत्रमा कडाइ हुनु, अण्डा उत्पादन गर्ने कुखुराको संख्या घट्नु तथा बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनुजस्ता कारणले अण्डाको माग बढेको छ। यी सबै कारणले अण्डा उत्पादनमा कमी आउँदा बजारमा मूल्य क्रमिक रूपमा बढ्दै गएको संघको भनाइ छ।

प्रतिक्रिया