अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति पर्छ ?
नुवाकोट । अण्डाको माग उच्च हुँदै जाँदा बजारमा यसको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आज (माघ ११) गतेदेखि लागु हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो।
संघका अनुसार अब ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटा) ४९५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यससँगै ठूलो अण्डाको मूल्यमा ३० रुपैयाँको वृद्धि भएको छ।
त्यस्तै, मझौला अण्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ तोकिएको छ। यसअघि मझौला अण्डा प्रतिक्रेट ४४५ रुपैयाँमा बिक्री भइरहेको थियो।
यसअघि गत मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेट ५५० रुपैयाँमा बिक्री भएको थियो।
संघका अनुसार देशमा निर्वाचनको माहोल बन्नु, निर्वाचनका कारण सीमा क्षेत्रमा कडाइ हुनु, अण्डा उत्पादन गर्ने कुखुराको संख्या घट्नु तथा बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनुजस्ता कारणले अण्डाको माग बढेको छ। यी सबै कारणले अण्डा उत्पादनमा कमी आउँदा बजारमा मूल्य क्रमिक रूपमा बढ्दै गएको संघको भनाइ छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया