शिक्षामन्त्री महावीरले पनि दिए राजीनामा
नुवाकोट । शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् ।

अरु मन्त्रीहरूले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला उनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।
शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’
पुनले राजीनामाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई मौखिक जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले पनि बताए ।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने





प्रतिक्रिया