आज २८६२ औँ सोनाम ल्होसार,सार्वजनिक विदा
विदुर खबर
२०८२ माघ ५ गते ८:५३
नुवाकोट । आज २८६२ औँ सोनाम ल्होसार पर्व देशभर हर्षोल्लासका साथ मनाइँदैछ ।

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने परम्परा छ ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । आजबाट सर्प वर्ष समाप्त भई घोडा वर्षको शुभारम्भ भएको छ ।
ल्होसारको अवसरमा तामाङ समुदायले परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, पूजा–आजा तथा शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेका छन् । राजधानी काठमाडौँसहित विभिन्न स्थानमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया