रास्वपा र उज्यालो नेपालको एकता भंग
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भाँडिएको छ ।

शनिबारसम्म भएको दुई पक्षीय छलफलको प्रयास असफल भएपछि एकता टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिए । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको रास्वपा स्रोतको दाबी छ ।
‘वरिष्ठ उपसभापति माग भयो। पूर्वसहमतिबाट पछि हटेर पार्टीको नाम पनि परीवर्तनको प्रस्ताव आयो । महामन्त्री पनि हुनुपर्यो भन्ने प्रस्ताव आयो । यसमा सहमति नभएपछि एकता भंग भयो,’ ती नेताले भने । तीन नेताका अनुसार, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसहित भएका पछिल्ला छलफलहरूमा सहमति जुट्न नसकेको हो ।
मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । राजीनामा दिने क्रममा पनि उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको, रास्वपासँग समझदारी भए पनि कार्यान्वयन चरणमा नपुगेको बताएका थिए ।
यसअघि रवि र बालेनबीच सहमति हुँदा पनि कुलमानलाई समेटेर अघि बढ्नेगरी छलफल भएका थिए । यद्यपि कुरा नमिलेपछि समानुपातिकतर्फको बन्दसूची पेश गर्ने अन्तिम समयमा कुलमानसँग सहमति भएको थियो ।
जतिबेला घिसिङलाई रास्वपा उपसभापति बनाउने सहमति समेत भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया