नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित

विदुर खबर २०८२ पुष ३ गते १५:२६

नुवाकोट । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

Advertisement

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनी उपमहासचिव र केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

उपमहासचिवमा पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि हार व्यहोरेका हुन् ।

Advertisement

रिमाल अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । लामो समय उनले ओलीकै टिममा रहेर काम गरेका थिए ।

प्रतिक्रिया