बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो

विदुर खबर २०८२ मंसिर १८ गते २०:३४

नुवाकोट । बागमती प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमाले भन्दा ठूलो दल बनेको छ ।

Advertisement

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका कम्युनिष्ट घटक र दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । ४ मंसिर २०७९ को चुनावमा एमाले बागमती प्रदेशमा दोस्रो दलको रूपमा चुनिएको थियो ।

११९ स्थानीय तह रहेको बागमती प्रदेशमा ११० सदस्यीय प्रदेश सभा छ । २३८ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।

Advertisement

प्रदेश सभामा ३७ सिटसहित कांग्रेस पहिलो दल छ । एमाले २७ सिटसहित दोस्रो दल रहेकोमा अब नेपाली कम्युनिष्ट पार्टीको २८ सिट भएको छ ।

तत्कालीन माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सिट एकीकरणपछि २८ सिट पुगेको हो । बागमतीमा राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।

Advertisement

स्थानीय तहतर्फ पनि नेपाली कम्युनिस्ट पार्टीले एमालेलाई उछिनेको छ । स्थानीय तहतर्फ बागमतीमा कांग्रेसका १०८ जना प्रमुख/उपप्रमुख छन् । एमालेका ६० जना रहेका छन् ।

माओवादीका ५७ र एकीकृत समाजवादीका ९ जोडिँदा अब नेपाली कम्युनिस्ट पार्टीका ६६ प्रमुख/उपप्रमुख पुगेका छन् ।

प्रतिक्रिया