रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु
विदुर खबर
२०८२ मंसिर १७ गते २२:२१
नुवाकाेट । रसुवामा भिर मौरीको मह झिक्न गएका एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–२, युब्राका ६५ वर्षीय नोम्वा नाङमेल नेकोर रहेकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ ।
मह निकाल्ने क्रममा एक्कासि चिप्लिएर खसेपछि उनकाे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

घटना लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित बान्द्रो इलाकामा भएको प्रहरीले जनाएको छ। अत्यन्तै जोखिमपूर्ण भिरमा मह संकलन गर्ने क्रममा नेकोर असन्तुलित भई झन्डै सय मिटर तल खसेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको शाहीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया