फेसबुक र रिल्सबाट यसरी पैसा कमाउनुस्
नुवाकोट । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले ब्रान्डहरूका लागि ‘रिल्स’ को प्रभावकारिता बढाउने नयाँ उपायहरू सुझाएको छ ।

‘टोलुना’ अनुसन्धान संस्थाको सहकार्यमा गरिएको अध्ययनका आधारमा मेटाले रिल्समार्फत ब्रान्डिङ र व्यापार बढाउने टिप्सहरू सार्वजनिक गरेको हो ।
अध्ययनका अनुसार हाल इन्स्टाग्राममा प्रयोगकर्ताले बिताउने कुल समयको ५० प्रतिशतभन्दा बढी हिस्सा रिल्सले ओगटेको छ । साथै, भिडियो हेर्ने समय गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ । तर दर्शकको मन छुने कन्टेन्ट तयार पार्नु अहिलेको मुख्य चुनौती मानिएको छ ।

१. सुरुवातमै सन्देश दिनुहोस्: भिडियो सुरु भएको ५ सेकेन्डभित्रै ब्रान्डको नाम र मुख्य सन्देश देखाइहाल्नुपर्छ । यसो गर्दा ग्राहकले सामान खरिद गर्ने सम्भावना (पर्चेज इन्टेन्ड) १.७ गुणाले बढ्छ ।
२. डाइनामिक ब्रान्डिङ: भिडियोको एउटै दृश्यमा मात्र नभई विभिन्न दृश्य र स्थानमा ब्रान्डको लोगो वा नाम देखाउँदा खरिद गर्ने सम्भावना १.८ गुणाले बढ्ने अध्ययनले देखाएको छ ।
३. आवाज र संगीतको मिश्रण: भिडियोमा ‘भोइस ओभर’ (बोली) र संगीत (ब्याकग्राउन्ड म्युजिक) दुवैको प्रयोग गर्दा ब्रान्डप्रतिको रुचि २ गुणाले बढ्छ ।
४. स्पष्ट सन्देश: अडियो र भिडियो दुवै माध्यमबाट एकैपटक सन्देश प्रवाह गर्दा प्रभावकारी हुन्छ । यसले ब्रान्ड भ्यालु १.८ गुणा बढाउँछ ।
५. जीवनशैली देखाउनुहोस् (स्लाइस अफ लाइफ): मानिसहरूले दैनिक जीवनमा गरिरहने सामान्य गतिविधिहरूमा ब्रान्डलाई जोडेर देखाउँदा खरिद गर्ने मनसाय १.५ गुणाले वृद्धि हुन्छ ।
ब्रान्ड निर्माणसँगै उत्पादन बिक्री गराउन वा ग्राहकको प्रतिक्रिया लिन चाहनेहरूका लागि पनि मेटाले ६ वटा टिप्स दिएको छ ।
१. ‘प्रोडक्ट इज किङ’: रिल्समा आफ्नो उत्पादन (प्रोडक्ट) लाई एकपटक मात्र नभई बारम्बार देखाउनुहोस् । यसले खरिद गर्ने सम्भावना २.७ गुणा बढाउँछ ।
२. सन्तुलित ब्रान्डिङ: उत्पादनलाई बढी फोकस गर्नुहोस् । ब्रान्डको लोगो वा नाम भिडियोको कुल समयको २५ प्रतिशतभन्दा कम समय मात्र देखाउँदा खरिद गर्ने सम्भावना ४.८ गुणाले बढ्ने देखिएको छ ।
३. कथा भन्नुहोस्: उत्पादनको मुख्य सन्देशसँगै यसका विशेषताहरू समेटेर छोटो कथाका रूपमा प्रस्तुत गर्दा नतिजा उत्कृष्ट आउँछ । यस्तो शैलीले खरिद सम्भावना ५.३ गुणासम्म बढाउन सक्छ ।
४. कल टु एक्सन : भिडियोमा ‘किन्नुहोस्’, ‘सम्पर्क गर्नुहोस्’ वा ‘थप बुझ्नुहोस्’ जस्ता सन्देश अडियो वा भिडियोमा राख्दा व्यापार १.९ गुणाले बढ्छ ।
५. संगीत र आवाज: ब्रान्डिङमा जस्तै बिक्रीका लागि पनि आवाज र संगीतको संयोजनले खरिद सम्भावना २.१ गुणा बढाउँछ ।
६. इमोजीको प्रयोग: भिडियोमा रमाइलोका लागि इमोजीहरू प्रयोग गर्दा त्यसले खरिद सम्भावना २.५ गुणा बढाउने अध्ययनले देखाएको छ ।
बोनस टिप्स :
मेटाले भिडियोमा ‘हुक’को प्रयोग गर्न पनि सुझाएको छ । भिडियोको सुरुवातमै दर्शकलाई तान्ने खालका दृश्य र आवाज (हुक) प्रयोग गर्दा रिल्सको पर्फर्मेन्स डेढ गुणाले बढ्ने छ ।
मेटाका अनुसार सन् २०२६ को मार्केट स्ट्राटिजिका लागि यी सुझावहरू निकै फलदायी हुने छ । एआई र नयाँ प्रविधिको प्रयोग बढिरहेको समयमा भिडियो कन्टेन्टमार्फत व्यापार बढाउन चाहनेहरूका लागि यो अध्ययन मार्गदर्शक बन्न सक्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु
फेसबुक र रिल्सबाट यसरी पैसा कमाउनुस्
दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो
एक महिनामा सवा लाख पर्यटक नेपाल आए
अवैध खैरो हेरोइनसहित नुवाकोटका एकजना पक्राउ





प्रतिक्रिया