एक महिनामा सवा लाख पर्यटक नेपाल आए

विदुर खबर २०८२ मंसिर १७ गते ११:२६

नुवाकोट । नोभेम्बर महिनामा सवा लाख विदेशी पर्यटक नेपाल आएका छन् ।

Advertisement

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिना १ लाख १६ हजार ५५३ जन पर्यटक नेपाल भित्रिएका हुन् ।नोभेम्बरमा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट १८ हजार ९९५ जना रहेका छन् ।

त्यसपछिका प्रमुख पर्यटक स्रोत देशहरूमा अमेरिकाबाट ११ हजार २५४ जना, चीनबाट ७ हजार ८७१ जना, बेलायतबाट ७ हजार १८९ जना, बंगलादेशबाट ५ हजार ६५३ जना छन् । त्यस्तै अष्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलंकाबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना, फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ जना पर्यटक नेपाल आएका छन् ।

Advertisement

बेर्डका अनुसार जनवरीदेखि नोभेम्बर २०२५ सम्मको ११ महिनामा १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो महिना अक्टोबरमा मात्रै १ लाख २८ हजार ४४३ पर्यटक आएका थिए, जुन वर्षकै सबैभन्दा उच्च आगमन हो। सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

Advertisement

नोभेम्बरलाई पनि मुख्य पर्यटकीय याम मानिने भएकाले त्यसअनुसार आगमन वृद्धि भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया