प्रधानमन्त्री बन्ने रुचि छैन : प्रचण्ड
नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने रुचि आफूलाई नरहेको बताएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले जनताको सेवकको रूपमा सधैं काम गर्ने इच्छा आफूमा रहेको बताएका हुन् ।
‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन,’ प्रचण्डले भने ।

कार्यक्रममा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
आफू भगवान नभएको भन्दै संयोजक प्रचण्डले धेरै वर्षदेखि जनताप्रति समर्पित भएको र जनताकै सेवक हुने बताए । जनताले र देशले आवश्यक ठानेमा जिम्मेवारीबाट आफू कहिल्यै पछि नहट्ने उनको भनाइ थियो ।
देशको अहिले अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको भन्दै उनले यो अवस्थाबाट देशलाई पार लगाउन “निर्वाचन नै उत्तम विकल्प” भएको बताए ।
सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै उनले संविधानलाई सही ट्र्याकमा फर्काउनका लागि निर्वाचनमा सरकार केन्द्रित हुनुपर्ने बताए ।
संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको दाबी गर्दै ढाँट, झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्र्याकमा ल्याउन देशमा निर्वाचको वातावरण बनाउने तर्फ लाग्न आग्रह समेत गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा विभिन्न क्षेत्रका ६ जना उद्यमी सम्मानित
प्रधानमन्त्री बन्ने रुचि छैन : प्रचण्ड
नुवाकोटमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
केरुङ नाका पाँच महिनादेखि ठप्प हुँदा व्यवसायी मारमा
एनपीएलमा सट्टेबाजी गराउने ८ जना भारतीय पक्राउ





प्रतिक्रिया