अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
विदुर खबर
२०८२ मंसिर २ गते ६:४८
नुवाकोट ।राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सोमबार कर दिवसको अवसरमा यस्तो प्रणालीको सुरुवात गरेका हुन् ।
उनले वार्षिक ४० लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिका लागि क्युआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिने प्रणालीको समेत सुरुवात गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री खनालले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न मन्त्रालयको संरचनागत पक्षमा सुधार गरिएको बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया