गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

विदुर खबर २०८२ कार्तिक २४ गते २१:३३

नुवाकोट । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ माझटारमा बोलेरो गाडीले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ ।

Advertisement

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नं.को बोलेरोले स्थानिय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

ठक्कर दिने बोलेरो गाडी भाग्दा बेल्खु पुलमा दुर्घटनामा परेको छ ।

Advertisement

दुर्घटनापछि आक्रोशित स्थानीयले केही बेर पृथ्वीराजमार्ग अवरुद्ध पारेपनि राजमार्गको अवरोध हटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया