देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
विदुर खबर
२०८२ कार्तिक १० गते १३:०४
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज सिंगापुर जाने भएका छन्।

आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित सिंगापुर जान लागेको सभापति निकट श्रोतले जनाएको छ।
जेनजी आन्दोलनको दोस्रोदिन गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा गत असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए। देउवाले सोही दिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मा दिएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया