तिहारकाे पहिलाे दिन सुन र चाँदीको मूल्य घट्यो

विदुर खबर २०८२ कार्तिक ३ गते ११:२७

नुवाकोट । तिहारकाे पहिलाे दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

Advertisement

यस दिन सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हालसम्मको उच्च हो ।

Advertisement

यस दिन चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्य हालसम्मको उच्च हो ।

Advertisement

प्रतिक्रिया