रसुवाको टिमुरेमा करेन्ट लागेर एक जनाको मृत्यु
विदुर खबर
२०८२ असोज २५ गते १८:४१
नुवाकोट । रसुवाको टिमुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–३ टिमुरेमा शनिबार दिउँसो करिब १ः१५ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेल रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर तथा सूचना अधिकारी राजु शाहले बताए ।
उनका अनुसार सडक निर्माण कार्य गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रसुवा पु¥याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया