नुवाकोटको दुप्चेश्वर गाउँपालिका फाईनल प्रबेश

विदुर खबर २०८२ असोज २० गते २१:४३

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका दोस्रो लोकबहादुर गुरुङ स्मृति पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

Advertisement

धादिङमा जारी प्रतियोगिताको सेमिफाईनलमा सिद्धलेक गाउँपालिकालाई २–१ को सेटले पराजित गर्दै नुवाकोटे टोली फाईनल प्रवेश गरेको हो ।

दुप्चेश्वर गाउँपालिकाले उपाधिको लागि गण्डकी गाउँपालिका गोरखासँग मंगलवार प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

खेल बिहान ११ बजे हुने बताइएको छ ।

प्रतिक्रिया