धादिङमा बलात्कार पीडित महिलाको मृत्यु
नुवाकोट । बलात्कार पीडित अपाङ्गता भएकी २९ वर्षीया महिलाको बुधवार बिहान मृत्यु भएको छ ।

मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई घरमा कोही नभएको माैका छोपेर नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले भदौ २५ गते बलात्कार गरेको पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास हमालले बताए ।
पीडित महिलाको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
रक्तअल्पता भएको अवस्थामा सिकिस्त बिरामी परेर धादिङ अस्पतालमा भदौ ३१ गते उपचारका लागि भर्ना भएकी पीडितको अस्पतालमा रगत समेत चढाएर उपचार गर्दा गर्दै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।
आरोपित मानन्धर फरार छन् । आरोपितलाई पक्राउ गर्न गाउँवासीले घटनापछि आग्रह गरेको भएपनि आरोपित फरार छन् । शवको बुधवार धादिङ अस्पतालमा पोस्टमार्टम भयो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया