नुवाकोटकाे शिवपुरीका दुई युवक पक्राउ

नुवाकोट । काठमाडौंकाे बौद्ध क्षेत्रमा गत साउन १२ गते भएको खुकुरी प्रहार प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकाेटका दुइसिहत तीनजना रहेका छन्र । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बाट उनीहरूलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याउने क्रममा रहेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोटकाे शिवपुरी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय सुमन तामाङ र ३० वर्षीय कुमार तामाङ रहेका छन्। यस्तै पक्राउ अन्यमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३३ वर्षीय लोप्साङ बोम्जोन लामा रहेका छन् । घटनामा संलग्न अर्को एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन १२ गते राति करिब ९ बजेतिर गोकर्णेश्वरी नगरपालिका–६, बौद्ध नयाँबस्तीस्थित एक क्याफेमा खाजा खाएर बाहिर निस्किएका जितबहादुर मोक्तानमाथि अज्ञात समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएका मोक्तानलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। लामो समय अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका भए पनि अझै नियमित उपचार भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए।
“खुकुरी प्रहार किन गरिएको भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ,” एसपी आचार्यले भने, “यो सामूहिक घटनामा संलग्न बाँकी एक अभियुक्त पनि चाँडै पक्राउ पर्नेछ।”
प्रहरीले यस घटनालाई पूर्वनियोजित वा व्यक्तिगत रिसइबीसहितको आपराधिक नियत रहेको प्रारम्भिक अनुमान गरेको छ। घटनाले राजधानीमा पछिल्ला दिनमा बढ्दो आपराधिक गतिविधिप्रति प्रश्न उठाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया