त्रिशुली नदीमा हामफालेर एक महिला बेपत्ता
विदुर खबर
२०८२ भदौ १६ गते १९:०४
नुवाकोट । नुवाकोटको विदुर ५ देबिघाटस्थित त्रिशुली नदीमा एक जना महिला बेपत्ता भएका छन् ।

सोमवार साढे ५ बजे देविघाटस्थित जालपादेवि मन्दिरमा पुजा गरिसकेपछि उनी खोलमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
खोलाले बगाएर बेपत्ता हुनेमा अन्दाजी ५० वर्षको महिला रहेको देविघाट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा रहेको सिसिटिभी क्यामेराबाट हेर्दा महिला जालपादेवि मन्दिरमा पुजा गरेर खोलामा हाफ फालेको देखिएको छ ।
यस्तै विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य विनोद चित्रकारले उत्त वृद्धा विदुर १३ हर्कपुरको भएको भन्ने सुनिएपनि पहिचान खुल्न बाँकी रहेको छ ।

बेपत्ता बृद्धाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय





प्रतिक्रिया