त्रिशुली नदीमा हामफालेर एक महिला बेपत्ता

विदुर खबर २०८२ भदौ १६ गते १९:०४

नुवाकोट । नुवाकोटको विदुर ५ देबिघाटस्थित त्रिशुली नदीमा एक जना महिला बेपत्ता भएका छन् ।

Advertisement

सोमवार साढे ५ बजे देविघाटस्थित जालपादेवि मन्दिरमा पुजा गरिसकेपछि उनी खोलमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलाले बगाएर बेपत्ता हुनेमा अन्दाजी ५० वर्षको महिला रहेको देविघाट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा रहेको सिसिटिभी क्यामेराबाट हेर्दा महिला जालपादेवि मन्दिरमा पुजा गरेर खोलामा हाफ फालेको देखिएको छ ।

Advertisement

यस्तै विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य विनोद चित्रकारले उत्त वृद्धा विदुर १३ हर्कपुरको भएको भन्ने सुनिएपनि पहिचान खुल्न बाँकी रहेको छ ।

बेपत्ता बृद्धाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया