दशैंका लागि भदौ २९ गतेदेखि सुकिला नोट सटही गर्न सकिने
नुवाकोट । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै सुकिला नोट सटही गर्न सकिने बारे जानकारी दिएको हो ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यसका साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ।
ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया