गोंगबुको गेस्टहाउसबाट तीनजना पक्राउ
विदुर खबर
२०८२ भदौ १० गते १३:४६

नुवाकोट । गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।
Advertisement
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्ने क्रममा खैरो हेराइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया