रसुवा बाढी : ८ जनाको शव काठमाडौं ल्याइयो, १९ अझै बेपत्ता
विदुर खबर
२०८२ असार २६ गते ७:५०

नुवाकोट । रसुवामा मङ्गलबार आएको भीषण बाढीमा परेर मृत्यु भएका ९ जनामध्ये ८ जनाको शव काठमाडौंको शिक्षण अस्पतालमा राखिएको छ।

हालसम्म एक जनाको मात्र सनाखत भएको छ र आजै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ। चितवनको त्रिशूली किनारमा फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ।
बाढीपछि अझै १९ जना बेपत्ता छन्, जसमा २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ सर्वसाधारण छन्। ५ वटा शव मात्र सनाखत गर्न सकिने अवस्थामा छन् भने अन्य ४ वटा मानव अङ्ग मात्र भेटिएका छन्।डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले बताएको छ।
बाढीले मितेरी पुल, कन्टेनर, ट्रक, इभी गाडी, रसुवागढी हाइड्रोको ड्याम, भन्सार यार्ड र टिमुरे सडकमा क्षति पुर्याएको छ। खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया