पेट्रोलियम पदार्थको मूल्य बढ्यो
विदुर खबर
२०८२ असार १७ गते ९:१४

नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले सोमबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।
मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया