भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक

नुवाकोट । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बिच आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कुनै संलग्नता नरहेको जिकिर गरेका हुन ।
आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै उनले खेद ब्यक्तसमेत गरेका छन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, म इमान र नैतिकताको राजनीति गरेर यहाँसम्म आएको हो, यस्तो काम मवाट हुनै सक्दैन्’, गृहमन्त्री लेखकले संसदमा भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया