विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

नुवाकोट । आगामी जेठ २९ गतेदेखि आयोजना ’प्रथम विदुर मेयर अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विदुर नगरपालिका वडा नं. ५ पिपलटार स्थित प्रदेशस्तरीय पिपलटार रङ्गशालामा जेठ २९ गतेदेखी प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए । उनले नगरपालिकाले सबै विधाका खेल र खेलाडीको प्रर्वद्धनको लागि बजेट विनियोजन गरेको बताए । उनले खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्नु आफुहरु लागिपरेको बताए ।
पत्रकार सम्मेलनमा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले नगरपालिकामा खेलाडी र खेलको संभावना धेरै रहेकोले सबै विधालाई समेट्न लागि परेको बताइन् । उनले बजेट बनाउँदा सबै खेलका विधा समेट्न खोजेपनि स्रोत अभावको कारण संभव नभएको बताइन् । उपमेयर बोगटीले स्रोत अभावको कारण वर्षैपिच्छे फरकफरक विधाको खेलकुद प्रतियोगिता आयोजना गरेको उल्लेख गरिन् ।

प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ नगद सहित शिल्ड, मेडल र ट्रफी पाउने छ ।
प्रतियोगितामा नगरपालिका वाहिर तर नुवाकोट जिल्ला भित्रका तीन जनासम्म खेलाडी सहभागी गराउन पाउने नुवाकोट क्रिकेट संघका उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिए । उनका अनुसार खेल अवधीभर खेल सामाग्री नगरपालिकाले उपलब्ध गराउने छ भने खेलाडीहरुको खेल अवधीभर तीन लाख रुपैयाँको र्दुघटना विमा समेत गरिने छ ।
यसैविच लामो समयपछि जिल्लामा ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको भन्दै खेलाडीहरु हौसिएका छन् । ढिलैभएपनि जिल्लामा क्रिकेट माहोल बनेको भन्दै उनीहरुले निरन्तर प्रतियोगितामा भएमा खेलेरै बाँच्न सकिने बताएका छन् ।

पत्रकार सम्मेलनमा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा नम्वर २ का वडाध्यक्ष दिपक कायस्थ, वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, विदुर नगर खेलकुद विकास समितीका संयोजक अच्युतराज महन्थ गिरी, नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडा लगायतको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया