विदुर मेयर कपको लागि वडा नं ५ को खेलाडी छनोट
नुवाकोट । आगामी जेठ २९ गतेदेखि शुरु हुने ’प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि वडा नम्बर ५ ले खेलाडी छनोट सम्पन्न गरेको छ ।

छनोट गरिएको टोलीको कप्तानमा विशाल चित्रकार रहेका छन् भने उपकप्तानमा सुमन न्यौपाने रहेका छन् । छनोट भएका अन्य खेलाडीहरुमा सन्जिव रिमाल, पुकार माझी, मिलन गजुरेल, नन्दितजंग माझी, प्रदिप माझी र विनोद श्रेष्ठ रहेका छन् ।
यस्तै छनोट भएका अन्य खेलाडीहरुमा निरज चित्रकार, करण गजुरेल, दिपेश कुमाल, युकेश पनेरु, जेहान जेके र राजिव अर्याल रहेका छन् ।
वैकल्पिक खेलाडीहरुमा प्रकाश माझी, आशिक न्यौपाने, विनय कुमाल र अंकित न्यौपाने रहेका छन् ।
टिमको प्रशिक्षकमा जोनी जेके रहेका छन् भने टिमम्यानेजरमा विनोद चित्रकार रहेका छन् ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा हुन लागेको प्रतियोगिता विदुर ५ को तल्लो पिपलटारमा रहेको चन्द्र्रज्योती माविको खेल मैदानमा हुने छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया