धादिङबाट पोखरा जाँदै गरेको ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु
विदुर खबर
२०८२ जेठ १ गते १९:२३

नुवाकोट । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
उनका अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप ८ जना घाइते भएका थिए । उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।
घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ ।
‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने ।
Advertisement
प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया