नेपालबाट कुष्ठ रोग नियन्त्रण गर्ने संकल्प
नुवाकोट । अब पाँच वर्ष भित्र नेपालमा कुष्ठ रोग पूर्ण रुपमा निवारणका लागि राज्य र नागरिक स्तरबाट कानुनी एवं अन्य अभियानका कुनै पनि कार्यमा कमी हुन नदिने संकल्प गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबारदेखि काठमाडौँमा सुरु भएको नेपालमा कुष्ठरोगको उन्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति माथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनमा सरकारी उच्च अधिकारी एवं सबद्ध बिज्ञहरुले नेपालमा कुष्ठ रोग निवारण एवं भेदभाव नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।
कुष्ठरोग निवारण र विभेद अन्यका लागि स्थानीय स्तरबाटै सामाजिक जनचेतना जति आवश्यक छ त्यत्तिकै सातै प्रदेश र सबै स्थानीय सरकारले पनि नीति तथा कार्यक्रम मार्फत विशेष प्राथमिकता दिनुपर्ने आबश्यकता औल्याइएको छ । सम्मेलनका सहभागीहरुले अहिले सम्म केन्द्र सरकारले मात्र कुष्ठ रोग नियन्त्रणका लागि प्राथमितामा राखेको तर प्रदेश र स्थानीय सरकारले सो अनुसार प्राथमिकता नदिएको पाइएकोले प्रदेश र स्थानीय सरकार समक्ष कुष्ठ रोग नियन्त्रण र विभेद अन्त्य गर्न विशेष योजजाका लाग्नका लागि आह्वान गरेका छन् ।
१४ वर्ष मुनिका बालबालिका र महिलाहरुमा अहिले पनि कुष्ठ रोगको संक्रमणको दर बढि भएको र समुदाय स्तरमा संक्रमण देखिने गरेको एवं कुष्ठ रोग लागेका र कुष्ठ रोगबाट मुक्त भैसकेकाहरु प्रति समुदाय तहमा विभेद हुने गरेको देखिएको छ त्यस्ता कार्य अन्ध विश्वासका कारण पनि विभेद हुने गरेको भन्दै सहभागीहरुले विभेद र अन्धविश्वास हटाउन समुदाय स्तरबाटै प्रभावकारी सचेतना आवश्यक रहेको उल्लेख गरेका छन् ।
कुष्ठरोग प्रभावितहरुलाई समाजमा पुनर्थापनाका लागि सामाजिक चेतनासहित स्थानीय सरकार , नागरिक संगठनहरु र समुदायलाई सहयोग पु¥याउन आग्रह गर्ने सम्मेलनको जोड रहेको छ । कानुनी रुपमा देखा परेका जटिलता पनि पहिचान गरी सुधारका लागि पहल गर्ने संकल्प सम्मेलनका सहभागीहरुले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको दुई दिने सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारीहरु, स्थानीय सरकारका जिम्मेवार अधिकारीहरु , कुष्ठ रोग निवारण र विभेद अन्त्यका लागि क्रियाशील सरकारी निकाय , गैसरकारी निकाय , दातृ निकायका अधिकारीहरुले सन् २०३० सम्म कुष्ठ रोग नियन्त्रण र कुष्ठ रोग प्रभावितहरुमाथि हुने गरेका विभेद अन्त्य गर्न आआफनो स्थानवाट प्रभावकारी भुमिका खेल्ने संकल्प गरेका छन् ।
सासाकावा लेप्रोसी इनिसेटिभ्,नेपाल कानुन समाज,विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाल लगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाकाविशेषज्ञ र जानकारसहितकरिव ३ सय जनाको सहभागिता रहेको नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी गराएका छन् । कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल भएको थियो ।
मानिसको छालामा फ्रूस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङगता हुने सम्भावना रहन्छ । कुष्ठरोग सजिलै निको हुने र कम सर्ने भए पनि यसका प्रभावितहरू समाजमा अपमानको सिकार हुन बाध्य छन् । नेपाली समाजमा कुष्ठरोग शारिरीक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत असर पार्ने रोगकारुपमा रहेको छ ।
नेपालमा प्रत्येक वर्ष करिब २८६७ वटा कुष्ठ रोगका नयाँविरामी दर्ता हुने गरेको तथ्याङ्क छ । हाल नेपालमा करिब २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिब ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान गरिएको छ । विश्वव्यापी लक्ष्य अनुरुप नेपालले सन्२०३० भित्र यो रोग उन्मुलन गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया