धादिङमा अवैध उत्खनन गर्ने ६ सवारी नियन्त्रणमा

विदुर खबर २०८२ वैशाख २० गते १९:४६

नुवाकोट । धादिङको धुनीवेशी नगरपालिका स्थित सिक्रे खोलामा स्वीकृति विना नै ढुङ्गा उत्खनन गरी रहेका ६ सवारीसाधन लाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

Advertisement

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको टोलीले अनुगमनका क्रममा धुनिवेसी नगरपालिका ९ सिक्रे खोलामा विना इजाजत ढुङ्गा उत्खनन भइरहेको सूचनाका आधारमा छड्के अनुगमन गर्दा ३ एक्स्काभेटर र ३ टिपर लाई नियन्त्रणमा लिएको हो ।

उत्खनन भएको स्थानमा पुग्दा एक्स्काभेटर र टिपरको चालक भने फरार भएका छन् । समातिएका एक्स्काभेटर सवारी नम्बर समेत नराखी सञ्चालन गरिएको भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

Advertisement

समातिएका सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् भने उत्खनन स्थलको थप अनुसन्धान गरी नियम अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले उल्लेख गरे ।

सिक्रे खोला क्षेत्रमा लामो समय देखि अवैधरुपमा उत्खनन हुने गरेको स्थानीयले बताएका छन् ।

Advertisement

प्रतिक्रिया