धादिङमा अवैध उत्खनन गर्ने ६ सवारी नियन्त्रणमा
नुवाकोट । धादिङको धुनीवेशी नगरपालिका स्थित सिक्रे खोलामा स्वीकृति विना नै ढुङ्गा उत्खनन गरी रहेका ६ सवारीसाधन लाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहितको टोलीले अनुगमनका क्रममा धुनिवेसी नगरपालिका ९ सिक्रे खोलामा विना इजाजत ढुङ्गा उत्खनन भइरहेको सूचनाका आधारमा छड्के अनुगमन गर्दा ३ एक्स्काभेटर र ३ टिपर लाई नियन्त्रणमा लिएको हो ।
उत्खनन भएको स्थानमा पुग्दा एक्स्काभेटर र टिपरको चालक भने फरार भएका छन् । समातिएका एक्स्काभेटर सवारी नम्बर समेत नराखी सञ्चालन गरिएको भेटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
समातिएका सवारीसाधन प्रहरी नियन्त्रणमा रहेका छन् भने उत्खनन स्थलको थप अनुसन्धान गरी नियम अनुसार कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले उल्लेख गरे ।
सिक्रे खोला क्षेत्रमा लामो समय देखि अवैधरुपमा उत्खनन हुने गरेको स्थानीयले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया