सुनको मुल्यमा फेरि नयाँ रेकर्ड,तोलाकै दुईलाख नजिक

विदुर खबर २०८२ वैशाख ९ गते ११:३९

नुवाकोट । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले अघिल्लो दिनको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेको हो।

Advertisement

यस दिन चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेकाे संघले जनाएकाे छ। साेमबार ताेलाकाे १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे चाँदी, यस दिन १ हजार ९७० रूपैयाँमा काराेबार भइरहेकाे छ।

प्रतिक्रिया