सुनको मुल्यमा फेरि नयाँ रेकर्ड,तोलाकै दुईलाख नजिक
विदुर खबर
२०८२ वैशाख ९ गते ११:३९
नुवाकोट । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले अघिल्लो दिनको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेको हो।
यस दिन चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँ बढेकाे संघले जनाएकाे छ। साेमबार ताेलाकाे १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे चाँदी, यस दिन १ हजार ९७० रूपैयाँमा काराेबार भइरहेकाे छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया