कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
विदुर खबर
२०८२ वैशाख ९ गते ११:१८
नुवाकोट । शिक्षक आन्दोलन चर्किँदै जाँदा उत्पन्न अन्योलबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने अडान लिँदै निर्धारित तालिकाअनुसार वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय दिएको हो।
शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकमात्र होइन, विद्यालय तहमा कार्यरत कर्मचारीसमेत आन्दोलनरत छन्। गत चैत २० गतेदेखि देशभर शिक्षकहरूले पठनपाठन ठप्प पार्दै सडक आन्दोलन थालेका छन्।
यसैको असरले कक्षा १२ को परीक्षा प्रभावित हुने आशंका गरिएको थियो।
सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति बन्न सकेको छैन।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया