शेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौँ कात्तिक ६, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
वित्त क्षेत्र ४ दशमलब ३६ र उत्पादन ३१ दशमलब ६२ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य दशमलब ९५, विकास बैंक ६ दशमलब ९३, जलविद्युत् ३ दशमलब ५७, निर्जीवन बीमा ७७ दशमलब ६४, अन्य ५ दशमलब ३६, माइक्रोफाइनान्स ८ दशमलब २९, जीवन बीमा ३५ दशमलब ८ विन्दुले घटेको छ । यस्तै होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन ।
युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया