विदेश पठाइदिने भन्दै ठगीको आरोपमा धादिङका अधिकारी पक्राउ
विदुर खबर
२०८१ फागुन ३ गते २१:१९
नुवाकोट । अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले धादिङका एक सहित अन्य दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का दिनेश अधिकारी छन् ।
अधिकारीले एक युवकलाई अमेरिका पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ । अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
पीडितहरूका अनुसार पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । प्रहरीले तीनजनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया