पूर्व सांसदले गरे आत्महत्या
विराटनगर ,मोरङमा एक पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरिक्षक.गोविन्द खवासले जानकारी दिए ।
उनी २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अन्चल प्रशासक रहेका थिए । धिमाल मुटु, हर्निया आदि रोगबाट पिडित थिए । धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरु काठमाडौ बस्नेहुदा धिमाल एक्लै लालभित्ती स्थित घरमा वस्दै आएका थिए ।

मृत्यु पर्यन्त नै शरीर दान गरेका धिमालको शरीर पोष्टमाटमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालयले बेलबारीले जनाएको छ । लामो समयदेखि रोगबाट पिडित धिमालको आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया