धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते
विदुर खबर
२०८१ मंसिर २९ गते २१:५२

नुवाकोट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पठाइएको छ ।
रुपन्देहीको बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६६७६ नम्बरको बस आज साँझ पौने ६ बजेतिर धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रह्लाद सिलवालका अनुसार कपिलवस्तुका ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, ५४ वर्षीय जनक गौतम, सुर्खेतका ४२ वर्षीय चित्र बहादुर पाण्डे, काभ्रेका ३१ वर्षीय सुकराम कार्की र ५८ वर्षीय विजय कार्की, स्याङ्जाका ५६ वर्षीय नन्दलाल अधिकारी तथा रामेछापका ४२ वर्षीय राजनकुमार दास छन् ।
घाइतेहरुलाई बैरेनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया