इन्धनको मूल्य बढ्यो
विदुर खबर
२०८१ मंसिर १५ गते २०:५३
नुवाकोट । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ बढाउने निर्णय गरेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा २ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ ।हवाई इन्धन पोखरा र भैरहवाका लागि लागत मूल्यमै बिक्री गर्ने निगमले शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।
खाना पकाउने ग्यासको मूल्य बढेर आए पनि साविकको मूल्य नै कायम राखिएको निगमले जनाएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया