रवि र छविविरुद्ध चितवनमा पनि उजुरी
नुवाकोट । सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले ठगी र संगठित अपराधमा उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने मागसहित प्रहरीमा पूरक उजुरी दिएका हुन् ।
बचतकर्ताले साहारा सहकारीबाट नियमविपरीत १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको भन्दै लामिछाने र जोशीविरुद्ध उजुरी दिएका हुन् । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् । उनीहरू दुवै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध भने साहाराका बचतकर्ताले यसअघि नै उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बचतकर्ताको पूरक उजुरी आएको पुष्टि गर्दै त्यसमाथि थप अध्ययन गरेर अनुसन्धान अगाडि बढाउने बताए । यसअघि गत वर्ष असोज ९ मा साहाराका बचतकर्ताले रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । त्यसमाथि छानबिन गरेर १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।
मुद्दा दायर गर्दा जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले साहारा चितवन सहकारीको रकम गएको देखिएको गोर्खा मिडियामाथि थप अनुन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । यस विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि पूरक अभियोगपत्र अदालत लगिने प्रहरीले जनाएको छ ।
यसअघि अदालतमा दायर अभियोगपत्रमा ४ सय ४६ जना पीडित बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको अनुसन्धानले देखाएको थियो । कुल बचतकर्ता ६ हजार ३ सय ३४ जना छन् । बचत रकम र हाल दाबी गरेको रकममा फरक देखिएको १४ करोड ६७ लाख ७६२ रुपैयाँ भने पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोगपत्रमा उल्लेख छ ।
साहारा चितवन सहकारीको रकम गोर्खा मिडियाका साथै नेचर हर्ब्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, नेचर नेस्ट प्रालि, चन्द्रागिरि सब रेमिट प्रालि, नेक्स म्युजिक बार प्रालि र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा गएको चितवन प्रहरीको अनुसन्धानले देखाएको छ । बचतकर्ताहरूले यी संस्था र कम्पनीका सञ्चालक साझेदारहरूविरुद्ध पनि पूरक उजुरी दिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया