धादिङको गल्छी नजिकै पहिरोले कार बगायो, ४ जना घाइते
विदुर खबर
२०८१ असोज १० गते २१:१४
नुवाकोट । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी नजिकै पहिरोका कारण एउटा कार खोलामा खसेको छ भने यात्रु बसमा क्षति पुगेको छ ।
गल्छी गाउँपालिकाको चिरौदी पुल नजिक खसेको पहिरोले कार सडकबाट तल खोलामा खसालेको हो भने बसमा सामान्य क्षति पुर्याएको गजुरिका डीएसपी डिल्लीराज पाण्डेले बताए । उनका अनुसार कारमा सवार ४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरिँदै छ ।
एआर०११ ७९ नम्बरको भारतीय बसमा क्षति पुगेको हो । कारको भने नम्बर खुलेको छैन । पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकोले पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउन निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरिएको छ । लगातारको वर्षासँगै आएको पहिरोको कारण सडक अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया