१४ किलो चरेससहित धादिङका दुईजना समातिए
विदुर खबर
२०८१ भदौ २२ गते २१:३१
नुवाकोट । झण्डै १४ किलो चरेससहित धादिङका दुई जना पक्राउ परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १४ किलोग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३६ वर्षीय सुकमान तामाङ र ४२ वर्षीय केदार तामाङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












संखुवासभामा पुस्तकालय स्थापना
नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग





प्रतिक्रिया