आँबुखैरेनी बस दुर्घटना: मृतकको संख्या २७ पुग्यो
विदुर खबर
२०८१ भदौ ७ गते १९:४५
नुवाकोट । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐन पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए ।
कूल ४३ जना सवार रहेको उक्त बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया