सिप तथा क्षमता अभिवृद्धिको लागी च्याउखेती तालिम सम्पन्न
नुवाकोट, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय, वेत्रावतीले संस्थामा आवद्ध सदस्यहरुलाई सिप तथा क्षमता अभिवृद्धिको लागी च्याउखेती सम्बन्धि तालिम दिएकोे छ ।
बिदुर नगरपालिका वडा नम्बर २ स्थित ढुंगेमा ३७ जना शाखामा रहेका सदस्यहरुलाई ३ दिने आधारभुत च्याउ खेती सम्बन्धी तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । यही असोज १७ गते देखी १९ गते सम्म संचालित तालिममा प्रशिक्षक (कृषी प्राविधिक) अनुपमा अर्याल सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक अर्यालले च्याउ खेतीका फाइदा, यसको बजारको अवस्था, खेती गर्ने तरिका लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो । छिमेकी लघुबित्त वित्तीय संस्थाले बचत र ऋणको साथसाथै लघुविमा, कर्जा सुरक्षण, दैवि विपत्तीमा परेका सदस्यलाई सहयोग, इकाईमा पुरस्कार तथा छात्रवृत्ती, सुत्केरी सदस्यलाई सहयोग, सदस्य भेला, अभिभावक भेला, वित्तिय साक्षरता कार्यक्रमबारे पनि तालिम दिदै आएको छ । साथै संस्थामा आबद्ध भएका सदस्यहरुको जिबिकोपार्जनमा सहजताका लागी समय समयमा सिप तथा क्षमता अभिवृद्धिको लागी तालिमहरु प्रदान गर्दै आएको वेत्रावती शाखाका शाखा प्रवन्धक भानुभक्त आचार्यले जानकारी दिनुभएको छ । चुक्ता पुँजी एक अर्व रहेको छिमेक लघुवित्त वित्तिय संस्थाले ६३ जिल्लामा १ सय २९ शाखा कार्यालय तथा ७२ डिजिटल प्वाइन्ट मार्फत ३ लाख ५३ हजार विपन्न घरपरिवारलाई वित्तिय सेवा दिदैं आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया