सिप तथा क्षमता अभिवृद्धिको लागी च्याउखेती तालिम सम्पन्न
नुवाकोट, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय, वेत्रावतीले संस्थामा आवद्ध सदस्यहरुलाई सिप तथा क्षमता अभिवृद्धिको लागी च्याउखेती सम्बन्धि तालिम दिएकोे छ ।
बिदुर नगरपालिका वडा नम्बर २ स्थित ढुंगेमा ३७ जना शाखामा रहेका सदस्यहरुलाई ३ दिने आधारभुत च्याउ खेती सम्बन्धी तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । यही असोज १७ गते देखी १९ गते सम्म संचालित तालिममा प्रशिक्षक (कृषी प्राविधिक) अनुपमा अर्याल सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक अर्यालले च्याउ खेतीका फाइदा, यसको बजारको अवस्था, खेती गर्ने तरिका लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो । छिमेकी लघुबित्त वित्तीय संस्थाले बचत र ऋणको साथसाथै लघुविमा, कर्जा सुरक्षण, दैवि विपत्तीमा परेका सदस्यलाई सहयोग, इकाईमा पुरस्कार तथा छात्रवृत्ती, सुत्केरी सदस्यलाई सहयोग, सदस्य भेला, अभिभावक भेला, वित्तिय साक्षरता कार्यक्रमबारे पनि तालिम दिदै आएको छ । साथै संस्थामा आबद्ध भएका सदस्यहरुको जिबिकोपार्जनमा सहजताका लागी समय समयमा सिप तथा क्षमता अभिवृद्धिको लागी तालिमहरु प्रदान गर्दै आएको वेत्रावती शाखाका शाखा प्रवन्धक भानुभक्त आचार्यले जानकारी दिनुभएको छ । चुक्ता पुँजी एक अर्व रहेको छिमेक लघुवित्त वित्तिय संस्थाले ६३ जिल्लामा १ सय २९ शाखा कार्यालय तथा ७२ डिजिटल प्वाइन्ट मार्फत ३ लाख ५३ हजार विपन्न घरपरिवारलाई वित्तिय सेवा दिदैं आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया