निर्माण व्यवसायीको समस्या समाधान गर्ने मुख्य मन्त्री लामाको प्रतिबद्धता
नुवाकोट । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले निर्माण व्यवसायीहरूको समस्या बारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघले सोमबार राजधानीमा गरेको बधाइ एवं शुभकामना कार्यक्रममा मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरूको समस्यालाई विगतका सरकारले गम्भीर रुपमा नलिएको बताए।
विगतमा आफू प्रदेशको अर्थमन्त्री हुँदा व्यवसायीहरूको कुनै पनि भुक्तानी नरोकिएको स्मरण गराउँदै मुख्यमन्त्री लामाले व्यवसायीलाई भुक्तानी नदिने तर योेजनाहरू मात्र थप्ने परिपाटी घातक भएको बताए ।
विकास समितिमा रहँदा पनि निर्माण व्यवसायीहरूको हक हितका लागि काम गरेको मुख्यमन्त्री लामाको भनाइ थियो । ‘निर्माण व्यवसायीहरूको समस्या नबुभी उनीहरूलाई एकोहोरो गाली गर्ने प्रवृत्ति विलकुल ठीक होइन’ मुख्य मन्त्री लामाले बताए ।कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष बालकृष्ण थापाले निर्माण व्यवसाय चलायमान नहुने हो भने आर्थिक समृद्धि हुन नसक्ने बताए ।
कार्यक्रमका सभापति एवं बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुवित श्रेष्ठले निर्माण व्यवसायीहरूको मर्का बुझेकाहरू राज्य सत्तामा रहँदा निर्माण उद्योगको विकास हुनेमा आशावादी रहेको बताए । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष कृष्ण गौतमले निर्माण उद्योगमा भुक्तानीको समस्या सबैभन्दा विकराल रहेको बताए ।
बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष राजाराम न्हिसुतुले अब चाँडै निर्माण व्यवसायीहरूको सबै समस्या समाधान हुने बताए ।बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव राजकुमार बुढाथोकीले निर्माण व्यवसाय मैत्री ऐन कानून अपरिहार्य भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया