त्रिशूलीमा बेपत्ता भएको बस र यात्रु अझै भेटिएनन्

विदुर खबर २०८१ साउन ७ गते १९:५४

नुवाकोट । नारायणघाट–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएकामा भारतीय विज्ञ टोलीले खोज्दासमेत अझै फेला पार्न सकेको छैन।

Advertisement

दुर्घटनाको एक हप्तापछि गत शनिबार आएको भारतीय टोलीले नेपाली सुरक्षाकर्मीसँग मिलेरआइतबारदेखि ‘सोनार क्यामरा’सहित खोजीकार्य सुरु गरेको थियो।

आइतबार सिमलतालदेखि घुमाउनेसम्म करिब ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Advertisement

प्राधिकरणका अनुसार आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ।

असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा र काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्स सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

Advertisement

एन्जल डिलक्समा २७ जना र गणपतिमा ४१ यात्रु रहेकोमा गणपति बसका तीनजना यात्रु त्रिशूलीमा पौडिएर बाँच्न सफल भएका थिए।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल सडजास्टर रेस्पोन्स फोर्स) बाट १२ जनाको एक प्राविधिक टोली नेपाल आएको छ।

शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त वैठक बसी आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो।

उक्त घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ। भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १८ वटा शव सनाखत भइसकेको छ भने ७ वटा शवको सनाखत हुन बाँकी छ।

 

प्रतिक्रिया