त्रिशुलीमा बेपत्ता दुई बससहित यात्रुको अवस्था अझै अज्ञात
नुवाकोट । चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ ।
अहिलेसम्म खोजीका क्रममा थप दुई व्यक्तिको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३: ३० बजेको समयमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५/३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
दुई बससहित शुक्रबार बिहानदेखि बेपत्ता बसको खोजी अहिले पनि जारी नै रहेको बस फेला पर्न सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले त्रिशुली नदीमा खोजी कार्य आज दोस्रो दिन पानी जारी राखेका थिए । शनिबार बिहान ८ बजेदेखि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहितका उपकरणले खोजी गरेपनि बस भेटिएको छैन ।
यस अघि दुर्घटना स्थल केन्द्रित भएर खोजी गरिएकोमा अब त्यो भन्दा तलका स्थानमा खोजी गर्न थालिएको प्रहरीले जनाएको छ । दुवै बससहित त्यसमा रहेका ५० भन्दा बढी यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया