धादिङबेसीमा २ महिनादेखि पिउने पानीको अभाव
नुवाकाेट । धादिङबेसी पुछारबजार क्षेत्रमा २ महिनाभन्दा बढी समयदेखि पिउनेपानीको चरम अभाव हुँदा उपभोक्ताहरु आक्रोसित भएका छन् ।
पिउने पानी वितरण गर्खादै रकम असुल्नेदै आएको खानेपानी उपभोक्ता समितिले भने सामान्य रुपमा लिएर उपभोक्ताप्रति वेवास्ता गर्दै आएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा पर्ने एमाले चोकदेखि बसपार्कसम्म, दुरसंचारचोकसम्म, गणेशमार्ग क्षेत्र आदीमा पानी आउन छाडेको उपभोक्ताहरुले सास्ती खेपेको विषय खानेपानी उपभोक्ता समिति र नीलकण्ठ नगरपालिकामा समेत जानकारी गराएपनि बेवास्ता गरेको उपभोक्ताहरुको गुनासो छ ।
खानेपानी अभावले कयौँदिन खाना बनाउन नपाएको, नियमित रुपमा लगाधुन नपाएर विद्यार्थीहरु मैलो लुगाएर विद्यालय जाने गर्नु परेको यसक्षेत्रका उपभोत्ताहरुको भनाइ छ । पानी नआएको २ हप्ताभन्दा बढि समय भएको र सम्बन्धित निकाय, खानेपानी उपभोक्ता समितिलाई पटक पटक जानकारी दिँदा समेत वेवास्ता गरेको उपभोक्ता लालकाजी श्रेष्ठले बताए ।
एमाले चोक, गणेशमार्ग, विद्यासागर मार्ग, शान्तबजार, बसपार्क, पुलचोक टोल आदी स्थानमा पानी नआएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । कतिजनाले त खाना समेत खान नपाएको र होटलमा गएर खाना खानु परेको श्रेष्ठको भनाइ छ । करिब एक हजार घरमा पानी आउन छाडेको छ । घरभित्र पानी नआएको त वर्षदिनभयो ।
घर बाहिर सानो पानी आउथ्यो तर अहिले पानी नआएपछि उपभोक्ताहरु समस्यामा परेको अर्को उपभोक्ता बालकृष्ण खत्रिको भनाइ छ । पानी अभापबारे गुनासे सुनुवाई नभएको र उपभोक्ताले नियमित शुल्क तिरेर पनि सेवा नपाएको विषयमा सुनुवाई नभएको धादिङबेसी क्षेत्रका उपभोक्ताको गुनासो छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया