काठमाडौँको नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ
विदुर खबर
२०८० माघ २० गते २०:३३
नुवाकोट । अवैध लागूऔषधसहित प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल र डाइजेपाम एक सय ४५ एम्पुलसहित प्रहरी प्रभाग नागढुङगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले निजलाई आज पक्राउ गरेको हो ।
बाप्र ३–००१ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागुऔषधसहित पक्राउ गरी सो विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया