गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा
विदुर खबर
२०८० माघ १४ गते २०:५२

नुवाकोट । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्।
नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।
रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेका छैनन्।
Advertisement
उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया