सरकारले शहीद दिवसमा सार्वजनिक बिदा नदिने
विदुर खबर
२०८० माघ १४ गते १४:०५
नुवाकोट । सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।
मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
उनले भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’ उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।
‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई बिदा दिइएको छैन ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया