माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

माले असोज ११, माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ ।
आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका छन् ।
आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन ।
मुलुकको निर्वाचन कानूनमा निर्वाचन भएको सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नै पर्ने व्यवस्था गरिएको छ ।
पिपिएमका नेताहरूले बुधबार अबेर स्थानीय पत्रकारहरूसँग निर्वाचनका बारेमा असन्तुष्टि व्यक्त गरेका थिए ।
पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरीफले पनि पुष्टी गर्नुभएको छ । शरीफले पिपिएमको टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने पनि स्पष्ट पार्नुभयो ।
उहाँले यस्ता जे जति विवाद तथा टिप्पणीहरू भएपनि ती सवैको निरुपण गरेर चाडै नै निर्वाचन नतिजा सार्वजनिक गर्ने दावी गर्नुभयो । उहाँले कानुनमा व्यवस्था भएजस्तो सात दिन भन्दा बढी समय नलाग्ने स्पष्ट पार्नु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अनौपचारिक रुपमा आएका विवरणहरूका अनुसार प्रतिपक्षी दलको तर्फबाट उम्मेदबार बन्नु भएका इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी हुनुभएको छ । उहाँले ५८.३ प्रतिशत मत प्राप्त गरेको समाचारमा जनाइएको छ ।
( रासस÷सिन्ह्वा)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया