चिलिमे हाइड्रोपावरको आम्दानी सामान्य घट्यो

नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत अािर्थक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणबाट कन्ट्रयाक्ट इनर्जिको अतिरिक्त कम इनर्जि माग भएकोले विद्युत बिक्री आम्दानी सामान्य घटेको कम्पनीले जनाएको छ।
विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने थोरै बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ०.४२ प्रतिशत बढेर २० करोड ८७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा १४.८२ प्रतिशत घटेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको रिटेन्ट अर्निङ्ग भने ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया